सुनको मूल्य निरन्तर ओरालो, तोलामा ९७ हजार २०० रूपैयाँमा कारोबार हुँदै
काठमाडाैं । आइतबारयता सुनको मूल्य निरन्तर ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य एक हजार रूपैयाँ घटेर ९७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
सोमबार सुनको मूल्य तोलामा ८ सय रूपैयाँ घटेर ९८ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार सुनको मूल्य २ सय रूपैयाँ घटेर ९९ हजार रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ९६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन प्रतितोला ९७ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
सोमबार तोलामा १० रूपैयाँ घटेको चाँदी आज स्थिर छ । महासंघका अनुसार आज चाँदी सोमबारकै मूल्य एक हजार २९० रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया