सुनको मूल्य निरन्तर ओरालो, तोलामा ९७ हजार २०० रूपैयाँमा कारोबार हुँदै

काठमाडाैं । आइतबारयता सुनको मूल्य निरन्तर ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य एक हजार रूपैयाँ घटेर ९७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
सोमबार सुनको मूल्य तोलामा ८ सय रूपैयाँ घटेर ९८ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार सुनको मूल्य २ सय रूपैयाँ घटेर ९९ हजार रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ९६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन प्रतितोला ९७ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
सोमबार तोलामा १० रूपैयाँ घटेको चाँदी आज स्थिर छ । महासंघका अनुसार आज चाँदी सोमबारकै मूल्य एक हजार २९० रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
-
निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : डा. शेखर कोइराला
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
प्रतिक्रिया