कर्मचारीलाई यातना दिएको विषयमा वायुसेवा निगमको स्पष्टोक्ति
काठमाडौं । नेपाल वायुसेवा निगमले निगमका कर्मचारी देवराज ओझालाई यातना नदिइएको स्पष्ट गरेको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एक कर्मचारीलाई यातना दिएर बेहोस शीर्षकमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्दै निगमले अध्यक्षको कार्यकक्षमा बेहोस भएर ढलेका ओझालाई उपचारका लागि मोडल अस्पताल पुर्याइएको जनाएको छ ।
अध्यक्ष अधिकारीले ओझा सोमबार दिउँसो एक्कासी आफ्नो कार्यकक्षमा ढलेपछि तत्काल उपचारका लागि अस्पताल लगिएको विषयलाई अतिरञ्जित बनाइएको बताए ।
कर्मचारी ओझालाई संस्थाका विषयमा केही दिनअघि सामान्य सोधपुछ मात्र गरिएको जानकारी उनले दिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया