कर्मचारीलाई यातना दिएको विषयमा वायुसेवा निगमको स्पष्टोक्ति
काठमाडौं । नेपाल वायुसेवा निगमले निगमका कर्मचारी देवराज ओझालाई यातना नदिइएको स्पष्ट गरेको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एक कर्मचारीलाई यातना दिएर बेहोस शीर्षकमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्दै निगमले अध्यक्षको कार्यकक्षमा बेहोस भएर ढलेका ओझालाई उपचारका लागि मोडल अस्पताल पुर्याइएको जनाएको छ ।
अध्यक्ष अधिकारीले ओझा सोमबार दिउँसो एक्कासी आफ्नो कार्यकक्षमा ढलेपछि तत्काल उपचारका लागि अस्पताल लगिएको विषयलाई अतिरञ्जित बनाइएको बताए ।
कर्मचारी ओझालाई संस्थाका विषयमा केही दिनअघि सामान्य सोधपुछ मात्र गरिएको जानकारी उनले दिए ।
ताजा अपडेट
-
लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौं : अर्थमन्त्री पुन
-
बागलुङका एक लाख ३१ हजार पशुलाई खोप लगाइयो
-
संस्थागत विद्यालयलाई शुल्कसम्बन्धी मापदण्ड पालना गराइँदै
-
लगानी सम्मेलन : रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो
-
धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
प्रतिक्रिया