मावि शिक्षक पदको नतिजा सार्वजनिक
काठमाडौं । शिक्षक सेवा आयोगको माध्यमिक तह शिक्षक पदको सामान्य परीक्षा नतिजा सार्वजनिक भएको छ । आयोगले गत चैत १५ गते उक्त परिक्षा लिएको थियो ।
सोही परीक्षाको नतिजा आयोगले मंगलबार सार्वजनिक गरेको छ । माध्यमिक तह शिक्षक पदका लागि एक हजार पाँच सय ५२ रिक्त दरबन्दी शिक्षक पदपूर्तिका लागि सामान्य विषयको परीक्षा सञ्चालन गरिएको थियो । उक्त परीक्षाको नतिजा अनुसार परीक्षामा ३२ हजार ९७ जना परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये तीन हजार ८८६ जना परीक्षार्थी उत्तीर्ण भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार परीक्षार्थीलाई परीक्षाको नतिजा चित्त नबुझे पुनर्योग गर्न सकिने आयोगले उल्लेख गरेको छ । पुनर्योग गर्न चाहने उम्मेदवारले बैशाख २६ गतेभित्र आवेदन दिन सक्नेछन् ।
आवेदनका लागि उम्मेदवारले पाँच सय रुपैयाँको राजस्व दस्तुर तिरेको सक्कल रसिद, न्यूनतम शैक्षिक योग्यता र तालिम तथा अध्यापन अनुमतिपत्रको प्रमाणपत्र एवं प्रतिलिपि पेश गर्नुपर्ने छ । आयोगका अनुसार उक्त विवरणहरु आयोगको वेवसाइटमा भएको पुनर्योग निवेदनको ढाँचा प्रिन्ट गरी सोही अनुसार भरेर शिक्षक सेवा आयोगको सानोठिमी वा प्रदेश राजधानी रहेको जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन दिन सकिने छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया