सिभिल लघुवित्तको २१ हजार कित्ता संस्थापक सेयर लिलामीमा
काठमाडौं । सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडको २१ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले सुरज अधिकारीको नाममा रहेको १५ हजार कित्ता र बोध प्रसाद त्रिपाठीको नाममा रहेको ६ हजार कित्ता सेयर बिक्री गरेको गर्न लागेको हो ।
सेयरको मूल्य प्रतिकित्ता ७ सय रुपैयाँ तोकिएको छ । विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको मिति भित्र तोकिएको मुल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
रितपूर्वक भरिएको गोप्य शिलबन्दी बोलपत्र कम्पनीको केन्द्रिय कार्यालय चावहिल, काठमाडौंमा पेश गर्नु पर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन पर्न नआएमा अन्य व्यक्ति तथा संस्थाहरुमा उल्लेखित सेयर विक्री गरिने जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया