मतदाता रिझाउन प्रतिबद्धता सार्वजनिक गर्दै चुनावका प्रत्यासी

सुदूरपश्चिम । स्थानीय तहको निर्वाचन आउन दश दिन बाँकी रहदा धनगढी उपमहानगरपालिकाका उम्मेदवारले आफूले भष्टाचार नगर्ने र गर्न पनि दिने प्रण गर्दै आ-आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । सत्ता साझेदार दल र तिनका उम्मेदवारले सोमबार सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा व्यवस्थित, समुन्नत र हराभरा सहरको विकास गर्दै उपमहानगरलाई महानगर बनाउन पहल गर्ने जनाएको छ ।
सत्ता साझेदार दलका प्रत्यासीले नगरवासीको सेवा, सुविधा, विकास र समृद्धिका लागि अहोरात्र खटिने प्रण गर्दै शिक्षा, स्वास्थ्य, सडक यातायातको विकास, पर्यटन प्रवद्र्धन, खानेपानी तथा सरसफाइको व्यवस्थापन, औद्योगिकीकरण र सुशासन प्रवर्द्धनमा जोड दिएका छन् । युवा तथा खेलकूदको विकास, सामुदायिक सशक्तिकरण, महिला तथा अल्पसंख्यकका लागि उद्यमशीलता र स्वरोजगारका कार्यक्रम कार्यान्वयन र प्रतिबद्धतापत्रमा धनगढीका ट्राफिक चोक र चटकपुरमा गरी दुई ठाउँमा आकाशे पुल, ऊर्मा गाउँमा नमूना बस्ती निर्माण, फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मैदान बनाउन, औद्योगिक क्षेत्र स्थापना, प्रत्येक वडामा विशेषज्ञ चिकित्सकसहितको सेवा सञ्चालन, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने प्रतिबद्धतापत्रमा सत्ता साझेदार दलका प्रत्यासीले उल्लेख गरेका छन् ।
यसै गरी दशकौंदेखि लालपूर्जा पाउन नसकेकालाई लालपूर्जा वितरण, नदीनालाको व्यवस्थापन तथा तटबन्धन निर्माण, सबै वडामा कृषि हाटबजार व्यवस्थापन, व्यवसाय गर्न सहुलियत अनुदान, एक गाउँ बहु उत्पादनको नीति कार्यान्वयन गरिने पनि प्रतिबद्धतामा उल्लेख गरिएको छ । साथै नेकपा एमाले र तिनका प्रत्यासीले हाम्रो धनगढी, हाम्रो शान, समृद्ध धनगढी, हाम्रो अभियान’ भन्ने मूल नारासहित प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
प्रतिबद्धतापत्रमा एमालेका जनप्रतिनिधि शासक नभइ जनताको सेवक हुने, सामाजिक जागरण र विकासका अभियान्ता हुने, कुनै भ्रष्टाचार नगर्ने र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने लगायतका संकल्प गरिएको छ । उक्त सार्वजनिक एमालेको प्रतिबद्धतापत्रमा शिक्षा, स्वास्थ्य र सरसफाइ, कृषि, खेलकूद, ऊर्जा, यातायात, औद्योगिकीकरण, लगायतको विकासमा जोड दिएको छ । कृषि विकासका लागि एक वडा एक उत्पादन, सहज आवागमनको आधार दिगो यातायातको पूर्वाधार, आधुनिक ऊर्जा उज्यालो पालिका, औद्योगिकीकरण र आर्थिक समृद्धि स्वदेशमै रोजगारी, सम्मान र समृद्धि, लैंगिक समानता तथा सामाजिक समावेशीकरण र सामाजिक सुरक्षा, युवा खेलकूद तथा मनोरञ्जन एक वडा एक खेल मैदान, प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयको सुधार, निरोगी नेपाल स्वस्थ्य नेपाली, उन्नत कृषि किसानको समृद्धिजस्ता प्रतिबद्धता समेत उक्त पत्रमा जारी गरिएको छ । उपमहानगरको प्रमुखमा स्वतन्त्र प्रत्यासी बनेका व्यवसायी एवं समाजसेवी गोपाल हमालले ‘‘हाम्रो धनगढी, हामी आफै बनाउँछौं’ भन्ने मूल नारासहित चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
उनले भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शी सेवा कडाइका साथ प्रवाह गर्ने अठोट समेत गरेका छन् । पाँच वर्षका लागि गरिने मुख्य काम तथा योजनासहित हमालले आफ्नो प्रतिबद्धता पत्रमा उपमहानगरपालिकालाई भ्रष्टाचारमुक्त, स्वच्छ र सुन्दर लोकककल्याणकारी,सुन्दर र नमूनाको सहर बनाउने प्रतिबद्धता गरेका छन् । । उपमहानगरमा रहेका पेश्की बेरुजुलाई शून्यमा झारिने, कार्यालय प्रशासन सुधार गरी जनतालाई चुस्तदुरुस्त सेवा सुविधि प्रदान गर्ने,कर्मचारीलाई तालिम, दण्ड र पुरस्कारको व्यवस्था गर्ने, वडामा प्रदान गरिने सेवामा डिजिटलाइजेशन गरिने, ऐलानी जग्गामा बसेकालाई लालपूर्जा दिने, कृषि, पर्यटन, व्यापार व्यवसायको प्रवद्र्धन र विकास गर्ने, रोजगारी प्रवद्र्धन हमालले गरेका छन् ।’
प्रत्यासीले आ–आफ्नो प्रतिबद्धता सार्वजनिक गरेपनि बढ्दै गएको महँगी र बेरोजगारीजस्ता समस्या समाधानलाई भने त्यती नउठाएको पाइएको मतदाताहरुको बुझाइ छ । उनीहरुले विकास, समृद्धिको पक्षमा पहल गर्ने र जनताका समस्या समाधानमा खटिने उम्मेदवारलाई आफ्नो मत जाने बताएका छन् । धनगढी उपमहानगसहित कैलाली जिल्लामा वर्षार्याममा डुवान र नदी कटानको ठूलो समस्या छ । किसानले खेती गर्ने समयमा मल र उन्नत बीउ नपाउने अर्को ठूलो समस्या छ ।
उपमहानगरपालिकाको प्रमुखमा सत्ता साझेदार दलका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उपमहानगरका निवर्तमान प्रमुख नृपबहादुर वड र उपप्रमुखमा नेकपा की शान्तिकुमारी अधिकारी क्षेत्री प्रत्यासी छन्। त्यस्तै नेकपा ९एमाले०का तर्फबाट प्रमुखमा युवा नेता रणबहादुर चन्द र उप्रमुखमा कन्दकला रानाथारु प्रत्यासी रहेका छन्।
जनता समाजवादी पार्टीका कवीन्द्र ऐर, नागरिक उन्मुक्ति पार्टीका नीमकुमार चौधरी, लोकतान्त्रिक समाजवादीका वसन्तबहादुर विश्वकर्मा र सचेत पार्टी नेपालका भारती थापा पनि प्रमुख पदका उम्मेदवार रहेका छन्। त्यस्तै प्रमुख पदका उम्मेदवारमा स्वतन्त्रबाट हमाल बाहेक उद्धबराज पन्त र मदनकृष्ण भट्ट पनि रहेका छन्। उपप्रमुखमा विवेकशील साझा पार्टीका बिमला पन्त, नागरिक उन्मुक्ति पार्टीका सावित्रीदेवी चौधरी, राप्रपाका दुर्गादत्त पन्त र स्वतन्त्र प्रभाकर भण्डारी रहेका छन् ।
प्रतिक्रिया