नेपाल एयरलाइन्सले वाइडबडी जहाजमा वाइफाइ राख्दै
काठमाडौं । नेपाल एयरलाइन्सले वाइडबडी जहाजमा वाइफाइ राख्ने भएको छ । एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका यात्रुलाई नेपाली आकासमा समेत इन्टरनेट सुविधा प्रदान गर्न सकिने गरी नेपाल दुरसञ्चार प्राधिकरणले नीती ल्याएसँगै निगमले यस्तो सुविधा राख्न लागेको जनाएको छ ।
निगमका अनुसार वाइडबडी जहाजमा उच्च गुणस्तरको इन्टरनेट सुविधा राख्न इन्जिनियरिङ मेन्टिनेन्स विभागका निर्देशकको सहकार्यमा नौ सदस्यीय कार्यदल गठन गरी काम भईरहेको नियमले जानकारी दिएको छ ।
कम्पनीले जहाजमा वाइफाइ प्रणालीको जडानबाट यात्रुलाई थप सुविधा प्राप्त हुने तथा यात्रु आकर्षित गर्न सहयोग पुग्नेसमेत उल्लेख गरेको छ । विदेशी एयरलाइन्सले यस अघि नै उक्त प्रणाली जडान गरिसकेको थियो । नेपालमा भने दुरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त नभएका कारण यस अघि जहाज नेपाली आकासमा छिरेसँगै इन्टरनेट सञ्चालनको अनुमति थिएन ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया