शीर्ष स्थानको गुजरात पञ्जावसँग पराजित

काठमाडौं । शीर्ष स्थानको गुजरात टाइटन्स इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाव किङ्ससँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा गुजरात ८ विकेटले पराजित भएको हो ।
गुजरातले दिएको १४४ रनको लक्ष्य पञ्जाबले १६ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जावका लागि शिखर धवनले ६२ रनको अर्धशतकीय पारी खेले भने भानुका राजपाक्षेले ४०, लियाम लिभिङस्टोनले अविजित ३० रनको योगदान दिए ।
पहिले ब्याटिङ गरेको गुजरातले १ सय ४३ रन बनायो । २० ओभरमा ८ विकेट गुमाएर उसले १ सय ४३ रन बनाएको हो । गुजरातका लागि साई सुदर्शनले ६५ रनको अर्धशतकीय पारी खेले भने रिद्धिमान शाहले २१ रनको योगदान दिए ।
योसँगै पञ्जाब १० खेलबाट १० अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ भने १० खेलमा ८ जित र २ हार व्यहोरेको गुजरात १६ अंकका साथ शीर्ष स्थानमा कायम छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया