शीर्ष स्थानको गुजरात पञ्जावसँग पराजित
काठमाडौं । शीर्ष स्थानको गुजरात टाइटन्स इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाव किङ्ससँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा गुजरात ८ विकेटले पराजित भएको हो ।
गुजरातले दिएको १४४ रनको लक्ष्य पञ्जाबले १६ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जावका लागि शिखर धवनले ६२ रनको अर्धशतकीय पारी खेले भने भानुका राजपाक्षेले ४०, लियाम लिभिङस्टोनले अविजित ३० रनको योगदान दिए ।
पहिले ब्याटिङ गरेको गुजरातले १ सय ४३ रन बनायो । २० ओभरमा ८ विकेट गुमाएर उसले १ सय ४३ रन बनाएको हो । गुजरातका लागि साई सुदर्शनले ६५ रनको अर्धशतकीय पारी खेले भने रिद्धिमान शाहले २१ रनको योगदान दिए ।
योसँगै पञ्जाब १० खेलबाट १० अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ भने १० खेलमा ८ जित र २ हार व्यहोरेको गुजरात १६ अंकका साथ शीर्ष स्थानमा कायम छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया