गर्भपतनसम्बन्धी अधिकारको रक्षा गर्नुपर्ने बाइडेनको भनाइ
वासिङ्टन । अमेरिकी मतदाताहरूले गर्भपतनको ’मौलिक’ अधिकारको रक्षा गर्नुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार बताए ।
सर्वोच्च अदालतले यो प्रक्रियालाई अनुमति दिने संवैधानिक प्रत्याभूति खारेज गरेमा अमेरिकी मतदाताले गर्भपतनको ‘मौलिक’अधिकारको रक्षा गर्नुपर्ने उनले बताए ।
अदालतले बहुमतको मसौदाको पोलिटिकोद्वारा प्रकाशित प्रति पुष्टि नगरिएको र राष्ट्रव्यापी अधिकार समाप्त गर्ने काम अदालतले गरेको भन्दै राजनीतिक प्रभावमा नागरिकको अधिकारलाई कुण्ठित गर्न नहुनेममा जोड दिए ।
तथापि, यदि अदालतले यसलाई अनुमोदन गरिदिएमा गर्भपतनसम्बन्धी कानुन राज्यहरूको आ-आफ्नो कानुनमा निर्भर हुनेछ र नोभेम्बरको मध्य चुनावमा यस प्रक्रियाको अधिकारलाई समर्थन गर्ने अधिकारीहरूलाई यसलाई निर्वाचन गर्न मतदाताहरूमा दबाव पर्ने उनले एक पत्रकार सम्मेलनमा बताएका हुन् । ।
अमेरिकी सर्वोच्च अदालतले गर्भपतन अधिकारसम्बन्धी राष्ट्रव्यापी कानुन उल्ट्याइदिन सक्ने विवरण गोप्य रूपमा बाहिरिएको एउटा मस्यौदा दस्ताबेजले पूरै अमेरिकालाई स्तब्ध बनाएको भनाइ अमेरिकी अधिकारीहरूको छ ।
पोलिटिकोमा छापिएको ९८ पानाको दस्ताबेजमा न्यायाधीश स्यामुअल अलिटोले सन् १९७३ को गर्भपतन अधिकार स्थापित गर्ने निर्णय ‘अत्यन्त गलत’ भएको लेखेकाे भन्ने समाचारहरू सार्वजनिक भएका हुन् ।
यदि सर्वोच्च अदालतले रोविरुद्ध वेड मुद्दाको निर्णयलाई उल्टाएमा २२ राज्यमा गर्भपतन गैरकानुनी हुने छ । न्यायाधीशहरूले जुलाई महिनाको सुरुवातभन्दा अगाडि यो विषयमा निर्णय नसुनाउने ठानिएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया