मर्लिन मुनराेकाे गाउन लगाउन किमले २१ दिनमा सात किलो तौल घटाइन्
काठमाडौं । हलिउडको लोकप्रिय फेसन इभेन्ट ‘मेट गाला-२०२२’ सोमबार न्यूयोर्कमा भएको थियो । जसमा केटी पेरी, किम कार्दशियन, डकोटा जोन्सन, गिगी हदिद लगायत धेरै सेलिब्रेटीहरू शानदार र अनौठा पोशाकमा रेड कार्पेटमा देखा परेका थिए ।
यसपटकको मेट गालाको नारा ‘इन अमेरिकाः एन एन्थोलोजी अफ फेसन’ र ड्रेस कोड ‘गाेल्डेड ग्लैमर’ थियो । मेट गालाबाट केटी पेरी, किम कार्दशियन, एलन मस्कलगायत धेरै सेलिब्रेटीका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
किम कार्दशियन आफ्नो प्रेमी पीट डेभिडसनसँग मेट गाला २०२२ मा सहभागी भएकी थिइन् । उनले त्यसमा ४.८ मिलियन डलरकाे कपडा लगाउन किमले २१ दिनमा साढे सात किलो तौल घटाएकी छन् । उनले तीन सातादेखि कार्बाेहाइड्रेड र चिनी नखाएकाे मेट गालाकाे राताे कार्पेटमा भनेकी थिइन् ।
कार्दशियनले लगाएकाे गाउन बब म्याकीको सहयोगमा हलिउड डिजाइनर जीन लुइसले ६० वर्ष अगाडि बनाएकाे गाउन हलिउडकी प्रसिद्ध अभिनेत्री मर्लिन मुनरोको सबैभन्दा प्रतिष्ठितमध्ये एक हो । यो कार्दशियनलाई ‘रिप्लेस बिलिभ इट अर नट’ संग्रहालय र फ्रेन्चाइजले दिएकाे थियाे । सन् २०१६ मा लिलामी रेकर्ड ब्रेक गर्दै किमले ४.८ मिलियन डलरमा गाउन खरिद गरेकी थिइन् ।
याे गाउन मुनराेले सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको जन्मदिनमा ‘ह्याप्पी बर्थडे’ गीतका लागि लगाएकी थिइन् ।
अर्बपति एलन मस्क पनि आफ्नी आमा मे मस्कसँग मेट गालामा उपस्थित भएका थिए ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया