NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

चितवनमा कांग्रेसको टिकट खोसेर माओवादीलाई दिएपछि पार्टी कार्यालय तोडफोड

काठमाडौं । चितवनमा सत्ता गठबन्धनविरुद्ध कांग्रेस कार्यकर्ताको आक्रोश चुलिएको छ । चितवनको रत्ननगरमा कांग्रसका उम्मेदवारको टिकट खोसेर माओवादी केन्द्रलाई दिइएपछि कार्यकर्ता आक्रोसित भएका हुन् ।

सत्ता गठबन्धनले भागबन्डा मिलाउन कांग्रेस नगर सचिवसमेत रहेकी वडा नम्बर १२ की उम्मेदवार अनिता अर्यालको टिकट खोसेर माओवादी केन्द्रलाई दिएपछि कांग्रेस कार्यकर्ताले पार्टीको वडा कार्यालय तोडफोडसहित तालाबन्दीसमेत गरेका छन् ।

साथै, उनीहरूले कार्यालयमा रहेका कुर्सी टेबलसँगै पार्टीको झण्डासमेत सडकमा फ्याँकेका छन् ।

अर्याल वडाध्यक्षको उम्मेदवार बनेर चुनाव प्रचारप्रसारको अन्तिम चरणमा पुगेका बेला उनको टिकट खोस्दै माआोवादी केन्द्रका सुन्दरमणि सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेपछि कांग्रेसका कार्यकर्ता आक्रोशित बनेका हुन् ।

गठबन्धनलाई लिएको पछिल्लो समय चितवन तरंगित छ । भरतपुरमा समेत असन्तुष्टि जनाउँदै गठबन्धनकी उम्मेदवार रेनु दाहालविरुद्ध कांग्रेसका जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन् ।

रेनु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छारी हुन् ।