NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

असन्तुष्ट पक्षद्वारा विप्लव महासचिवबाट निष्कासित

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजन भएको छ ।

धमेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ पक्षको बुधबार चितवनमा शुरु भएको भेलाले विप्लवलाई महासचिवबाट निष्कासन गरेसँगै यो पार्टी औपचारिक रुपमै फुटेको हो ।

विप्लवलाई निष्कासन गरेपछि बाँस्तोलाको संयोजकत्वमा पार्टी पुनर्गठन गरिएको छ ।

स्राेतका अनुसार नेकपाका सल्लाहकार अध्यक्ष ईश्वरी दाहाल ‘असारे काका’ले पार्टीको महासचिवबाट विप्लवलाई निष्कासन गर्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले स्विकृत भएको हो ।

विप्लवले निर्वाचनमा जाने घोषणा गरेसँगै पार्टीभित्र असन्तुष्टि सुरु भएको थियो । अहिले आएर पार्टी औपचारिक रुपमै विभाजन भएको छ ।