ठमेलमा १० तले घरको छतबाट खसेर एक वृद्धको मृत्यु
काठमाडौं । ठमेलमा दश तले घरको छतबाट खसेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ६२ वर्षीय न्हुछे नारायण महर्जन रहेका छन् । महर्जनको आफ्नै घरको छतबाट खसेर मंगलबार मृत्यु भएको हो ।
उनको छतमा पानी ट्याङ्की राख्ने ठाउँ हेर्न जाने क्रममा छतबाट चिप्लिएर खस्दा घाइते भएका कारण शिक्षण अस्पताल महाराजगंजमा उपचार भईरहेको थियो । सोही क्रममा महर्जनको मृत्यु भएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया