समृद्ध पोखराका लागि एमालेका उम्मेदवारले जारी गरे ९ ‘स’को संकल्प प्रस्ताव

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले)बाट पोखरा महानगरपालिकामा मेयर र उपमेयरका उम्मेदवारले विकास र समृद्धिका लागि ९ ‘स’को संकल्प जारी गरेका छन् ।
बुधबार मेयरका उम्मेदवार कृष्ण थापा र उपमेयर मञ्जुदेवी गुरुङले ‘समृद्ध नेपाल र सुखी पोखरेली’को नारासहित संकल्प जारी गरेका हुन् ।
उनीहरूले सम्मानसहित सामाजिक सुरक्षा र न्याय, स्वच्छ र सफा पोखरा, संस्कृति र सम्पदा संरक्षणलगायतका संकल्प गरेका छन् । यस्ता छन् ९ संकल्प :
१. सुशासन र प्रविधिमैत्री सेवा
२. सम्मानसहित सामाजिक सुरक्षा र न्याय
३. स्वच्छ, सफा र हराभरा पोखरा
४.संस्कृति, पर्यटन र सम्पदा संरक्षण
५. समृद्ध पोखराका लागि वातावरणमैत्री पूर्वाधार
६. स्वावलम्भन पोखराकालागि सहकारी
७. सिर्जनामा सहकार्य, सशक्त महिला उद्यमी र युवा
८. सरसफाइ, स्वच्छ खानेपानी र सार्वजनिक शौचालय
९. शिक्षा, स्वास्थ्य र रोजगारीमा सबैको पहुँच ।
ताजा अपडेट
-
माओवादीप्रति जनताको विश्वास बढ्यो, ०८४ मा ०६४ फर्काउँछौं : प्रचण्ड
-
कुलमानदेखि युवराज अधिकारीसम्मका व्यक्तिविरुद्ध अनुसन्धान गर्दै लेखा समिति
-
विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र
-
सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले छुट दिने
-
सामसङको नयाँ स्मार्टफोनको प्रि-अर्डर गरी पाउनुहाेस् विशेष अफर
प्रतिक्रिया