NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

बजार अनियन्त्रित हुनुमा व्यवसायीको दादागिरी : अध्यक्ष महर्जन

काठमाडाैं । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजार अनियन्त्रित हुनुमा व्यवसायीको दादागिरी भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रमा उनले बजारमा तीन/चार महिनायता देखिएको मूल्यवृद्धि हुनुमा व्यवसायीको दादागिरी बढी चलेको बताएका हुन् ।

उनले व्यवसायीहरुले प्रशासनको संयन्त्र नमान्ने प्रवृत्ति बढेको कारण पनि बजारमा अस्वाभाविक मूल्य वृद्धि भएको र उपभोक्ता मारमा परेको बताए । उनले व्यवसायीहरु राजनैतिक नेतृत्वसँग नजिक हुनु उनीहरुसँगको साँठगाँठ बढी हुने गरेको आरोप लगाए । नेताहरुसँग व्यवसायीहरुको हिमचिम बढ्ने गरेकाले गर्दा मूल्य वृद्धि, कालोबजारीजस्ता प्रवृत्तिमा कुनै सुधार नआएको उनको तर्क छ ।

संसदमा समेत व्यवसायीहरुको पहुँच हुने जसले गर्दा सरकार टुुलुटुलु हेर्ने र व्यवसायीले मनलागी गर्न थालेको उनले भने । अहिले बजार अत्यान्त अराजक हुन थालेको .हरेक वस्तुको मूल्य ३० प्रतिशतभन्दा बढी बढेको उनको भनाइ छ । अत्याधिक मूल्य बढेर उपभोक्ता मारमा पर्दा पनि सरकाले मूल्य निर्धारणमा चुकेको र वेवस्ता गरेको उनको गुनासो छ ।

उनले वाणिज्य विभागले नियमित रुपमा बजार अनुगमन गरेपनि विभागमा दरबन्दीको समस्या औल्याए । उनले भने, वाणिज्य विभागले नियमित बजार अनुगमन गरेपनि मूल कारण दरबन्दी नै छैन । जम्मा १२/१३ कर्मचारीले बजार अनुगमन गर्न जानु बालुवा पानी हालेजस्तै हो ।’

पछिल्लो समय बजारमा सिलिन्डर अभाव देखिएको र त्यसको प्रत्यक्ष पीडा आफूले भोग्नुपरेको सुनाउँदै उनले बजारमा ग्याँस सिलिन्डर अभाव देखिएको जिकिर गरे । ‘आयल निगमले बजारमा प्रशस्त ग्याँस सिलिन्डर छ भन्छ, तर बजारमा रित्तै सिलिन्डर लाइन लाएर राखेको छ । यस्तो दृश्य देख्दा अभाव छ नै भन्ने पुष्टि हुन्छ ।’ उनले भने ।