NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

भारतमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३० लाख ८८ हजार

सिन्ह्वा । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाको कुल सङ्ख्या चार करोड ३० लाख ८८ हजार ११८ पुगेको छ ।

तीमध्ये तीन हजार २०५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

नयाँ सङ्क्रमितमध्ये एक हजार ४१४ जना भने दिल्ली प्रदेशका मात्रै रहेका छन् । पछिल्लो समयमा दिल्ली प्रदेशमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या धेरै बढेको छ ।

संघीय स्वास्थ्य मन्त्रालयकाअनुसार भारतको सङ्घीय राजधानी नयाँ दिल्लीमा मात्रै अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पाँच हजार ९८६ रहेको छ । देशभरी सक्रिय सङ्क्रमितको सङ्ख्या भने १९ हजार ५०९ रहेको छ ।

पछिल्लो एक दिनमा कोरोनाका कारण भारतमा ३१ जनाको मृत्यु भएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाको सङ्ख्या पाँच लाख २३ हजार ९२० रहेको छ ।