बैंगलोरसँग हार्यो चेन्नई
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) टि–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किङ्सलाई हराएको छ ।
बुधबार राति पुनेमा सम्पन्न खेलमा बैंग्लोरले चेन्नई सुपर किङ्सलाई १३ रनले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनायो । बैंग्लोरले जोडेको १ सय ७३ रनमा महिपाल लोमरोरले ४२, फाप डु प्लेसिसले ३८ र विराट कोहलीले ३० रनको योगदान दिए ।
बैंगलोरको १ सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो ।
चेन्नईका लागि डेभोन कोन्वेले ५६ रन जोड्दा मोइन अलीले ३४ र रुतुराज गायकवाडले २८ रन बनाए ।
योसँगै बैंगलोर ११ खेलमा १२ अंक जोडेर चौंथो स्थानमा छ भने चेन्नई १० खेलमा ६ अंक हासिल गरेर नवौं स्थानमा छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया