NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सुनको मूल्य १४०० रूपैयाँले उकालो

काठमाडाैं । आइतबारयता निरन्तर ओरालो लागेको सुनको मूल्य बिहीबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ सय रूपैयाँ बढेर ९८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन तोलामा एक हजार रूपैयाँ घटेर ९७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको हो । आज तेजावी सुन प्रतितोला ९८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन ९६ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो  ।

बुधबार स्थिर चाँदी आज तोलामा १५ रूपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदी एक हजार ३०५ रूपैयाँमा कारोबार भइरहेको हो । बुधबार चाँदी प्रतितोला एक हजार २९० रूपैयाँमा कारोबार भएको थियो ।