सुनको मूल्य १४०० रूपैयाँले उकालो
काठमाडाैं । आइतबारयता निरन्तर ओरालो लागेको सुनको मूल्य बिहीबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ सय रूपैयाँ बढेर ९८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन तोलामा एक हजार रूपैयाँ घटेर ९७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको हो । आज तेजावी सुन प्रतितोला ९८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन ९६ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
बुधबार स्थिर चाँदी आज तोलामा १५ रूपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदी एक हजार ३०५ रूपैयाँमा कारोबार भइरहेको हो । बुधबार चाँदी प्रतितोला एक हजार २९० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया