NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

नासाले दुर्लभ सौर्य आँधिकाे तस्बिर सार्वजनिक गर्‍याे

काठमाडाैं । नासाले बुधबार एउटा तस्बिर जारी गर्दै सूर्यमा बलियो सोलार फ्लेयर अर्थात् सौर्य आँधि देखिएको बताएको छ । सोलार फ्लेयरहरू अचानक सूर्यबाट निस्कने चुम्बकीय ऊर्जा हुन् ।

यदि यो सीधा पृथ्वी तिर आयो भने खतरा हुन सक्छ । नासाले आफ्नो इन्स्टाग्राम ह्यान्डलबाट सौर्य आँधिको तस्बिर सार्वजनिक गरेको हो । इन्स्टाग्राममा तस्बिर पोस्ट गर्दै नासाले लेखेको छ- ‘पछिल्ला दुई हप्तामा सूर्यबाट ५ वटा मध्यम, बलियो र चम्किलो सौर्य ज्वाला निस्किएको छ, सूर्यमा विरलै सौर्य फ्लेयर हुन्छ ।’

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अप्रिल १९ देखि अप्रिल ३० सम्म सोलार डाइनामिक्स अब्जर्भेटरी प्रयोग गरी सोलार फ्लेयरको फोटो खिच्न सफल भएको हो । यसमा घाम चम्किरहेको देख्न सकिन्छ ।

सोलार डाइनामिक्स अब्जर्भेटरीको मुख्य उद्देश्य सूर्यले हाम्रो पृथ्वी र वरपरको ठाउँलाई कसरी असर गर्छ भन्ने कुरा बुझ्नु हो । यो पत्ता लगाउन सूर्यको ऊर्जा, चुम्बकीय क्षेत्र र सतहबाट निस्कने किरणहरूबारे अनुसन्धान गरिएको थियो ।

सौर्य फ्लेयरले मानिसमा कुनै नकारात्मक असर नगर्ने तर चुम्बकीय क्षेत्र मापन गर्न प्रयोग गरिने प्रविधिले मानिसमा प्रभाव पार्न सक्छ ।

यदि सोलार फ्लेयर सिधै पृथ्वीमा आयो भने यसले बिजुली ग्रिड, रेडियो संचार, नेभिगेसन प्रणालीलाई असर गर्न सक्छ । कुनै पनि अन्तरिक्ष यानको प्रक्षेपण वा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका अन्तरिक्ष यात्रीहरूलाई पनि गम्भीर खतरा निम्त्याउन सक्छ ।