निर्वाचन आयोगले फेरि सोध्यो स्थापितलाई २४ घण्टे स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार केशव स्थापितलाई दोस्रोपटक २४ घण्टे स्पष्टीकरण सोधेको छ । स्थापितकाे अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ विपरीत भएकाे भन्दै स्पष्टीकरण साेधिएकाे हाे ।
आयोगको नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थापितले काठमाडौंका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहप्रति गरेको टिप्पणीबारे स्पष्टीकरण साेधिएकाे बताए ।
स्थापितले बालेनलाई ‘अन्तर्राष्ट्रिय ठग’ भन्दै आपत्तिजनक टिप्पणी गरेका थिए ।
यसअघि पनि स्थापितले दिएका अभिव्यक्तिले आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगमा उजुरी परेपछि २४ घण्टे स्पष्टीकरण साेधेकाे थियाे । उनले महानगरका विभिन्न स्थानमा भएका कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया