विदेशी मुद्रा सङ्कट बढ्दै गएपछि श्रीलङ्कामा डिजेल अभाव
काठमाडौं (एजेन्सी) । दक्षिण एसियाली मुलुक श्रीलंकामा विदेशी मुद्रा सङ्कट बढ्दै गएकाले डिजेलको अभाव भएको ऊर्जामन्त्री कञ्चना विजेसेकेराले बिहीबार बताएका छन् ।
देशलाई दैनिक ४ हजार मेट्रिक टन डिजेल आवश्यक पर्ने पनि मन्त्रीले संसद्मा जानकारी दिएका छन् । तर सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेशनले अहिले दैनिक १ हजारदेखि १ हजार ५ सय मेट्रिक टन मात्रै निकासी गरिरहेको छ ।
अहिले मुलुकमा पेट्रोलको अभाव नभएको भन्दै दैनिक तीन हजार मेट्रिक टन पेट्रोल निस्कने गरेको र बुधबार राति ४० हजार मेट्रिक टन पेट्रोल बोकेको जहाज श्रीलङ्का आइपुगेको उनले बताए ।
श्रीलङ्काले फेब्रुअरीदेखि डिजेल अभावको सामना गरिरहेको छ जसले गर्दा दैनिक घण्टौँसम्म बिजुली कटौती हुने गरेको छ। अर्थमन्त्री अली साब्रीले बुधबार श्रीलङ्कासँग प्रयोगयोग्य विदेशी सञ्चितिमा ५ करोड अमेरिकी डलरभन्दा कम रहेको बताएका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया