NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २० गते

मेयर उम्मेदवारको गाडीमा आगजनी, एक पक्राउ

काठमाडौं । मोरङमा स्थानीय तह निर्वाचनका मेयर उम्मेदवारको गाडीमा आगजनी भएको छ । मोरङको बेलबारी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका खेमप्रसाद गौतमको कारमा शुक्रबार बिहान आगजनी गरिएको हो ।

घरमा पार्किङ गरी राखिएको गौतमको बा १२ च ९३८४ नम्बरको कारमा शुक्रबार बिहान आगजनी भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नको आरोपमा प्रहरीले सुन्दरहरैंचा नगरपालिका–१२ का सुवास पाण्डेलाई पक्राउ गरेको छ । सिसिटिभी फुटेजका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।