मेयर उम्मेदवारको गाडीमा आगजनी, एक पक्राउ
काठमाडौं । मोरङमा स्थानीय तह निर्वाचनका मेयर उम्मेदवारको गाडीमा आगजनी भएको छ । मोरङको बेलबारी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका खेमप्रसाद गौतमको कारमा शुक्रबार बिहान आगजनी गरिएको हो ।
घरमा पार्किङ गरी राखिएको गौतमको बा १२ च ९३८४ नम्बरको कारमा शुक्रबार बिहान आगजनी भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्नको आरोपमा प्रहरीले सुन्दरहरैंचा नगरपालिका–१२ का सुवास पाण्डेलाई पक्राउ गरेको छ । सिसिटिभी फुटेजका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया