प्रश्नपत्रको तस्बिर खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने परीक्षार्थीलाई कारबाही
काठमाडौं । लोकसेवा आयोगले प्रश्नपत्रको तस्बिर खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक परीक्षार्थीलाई कारबाही गरेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै कारबाही गरिएकोबारे जानकारी दिएको हो ।
आयोगले वैशाख १७ गते कर्णाली प्रदेश वीरेन्द्रनगरमा प्रशासन सेवा सहायक स्तरको पाचौं तहको लिखित परीक्षा सञ्चालन गरेको थियो ।
उक्त परीक्षाका क्रममा एक उम्मेदवारले प्रश्नपत्रको फोटो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आयोगले पुष्टि गरेको छ ।
आयोगका अनुसार उक्त परीक्षामा सहभागी दैलेखका लोकराज सिजापतिलाई आयोगले दुई वर्षसम्म परीक्षा दिन नपाउने गरी कारबाही गरेको छ ।
सिजापतिले परीक्षा सञ्चालनको क्रममा मोबाइलमार्फत प्राप्त भएको प्रश्न पत्रको फोटो खिचेर सोही दिन सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । आयोगले उनलाई दुई वर्षसम्म सञ्चालन हुने सबै तहको परीक्षा दिन नपाउने गरी रोक लगाइएको छ ।
उक्त निर्णय आयोगले प्रदेश लोकसेवा आयोग ऐन, २०७५ को दफा ६४ को उपदफा (१) खण्ड (ग) बमोजिम गरेको हो ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया