चीनमा हुने एसियाली खेलकुद स्थगित

चीन । चीनको हानझाउ सहरमा आयोजना हुने भनिएको १९ औं संस्करणको एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित भएको छ ।
आगामी भदौमा हुने भनिएको उक्त प्रतियोगिता कोरोना भाइरस महामारीको कारण स्थगित गरिएको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)द्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।
चीनमा हुने एसियाड आगामी भदौ २५ देखि असोज ९ गतेसम्मका लागि तय भएको थियो ।
चिनियाँ ओलम्पिक कमिटी, हानझाउ एसियन गेम्स आयोजक कमिटी र ओसिएको कार्यकारी बोर्डको संयुक्त छलफलपछि एसियाड खेल रोक्ने निर्णय भएको हो । तीनै निकायको संयुक्त छलफलपछि एसियाडको नयाँ मिति तय हुने बताइएको छ ।
नेपालले एसियाडमा २३ खेलमा प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको थियो । उक्त प्रतियोगिताको लागि नेपालले खेलाडी छनोटसमेत सुरु गरिसकेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया