स्वास्थ्य संस्थामा पनि दुईदिन विदा
काठमाडौं । सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार विदा दिने निर्णय स्वास्थ्य संस्था (अस्पताल)मा पनि बिदा दिने तयारी गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको निर्णयानुसार दुई दिन सार्वजनिक बिदाअनुसार नै स्वास्थ्य संस्था ९अस्पताल०मा पनि बिदा दिने तयारी गरेको हो ।
मन्त्रालयका डा. रोशन पोखरेलले सरकारको निर्णयानुसार मन्त्रालयले पनि अस्पतालमा दुई दिन बिदा दिने जानकारी गराए । “सरकारले गरेको निर्णयानुसार अस्पतालमा पनि दुई दिन बिदा हुन्छ”, उनले भने, “तर पनि हामीले बिरामीको अवस्थालाई मध्यनजर गर्दै अन्य वैकल्पिक उपायबारे पनि छलफल गरिरहेका छौँ ।”
अस्पतालमा दुईदिन विदा दिँदा खुलेको दिन बिरामीको उपचार गराउन भीड हुने सम्भावना रहेको छ । सचिव डा. पोखरेलले आकस्मिक सेवालाई भने व्यवस्थित बनाइने बताए । सरकारले जेठदेखि सरकारी कार्यालय बिहान ९ः३० बजेदेखि बेलुका ५ः३० बजेसम्म सञ्चालन हुनेछ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया