वैदेशिक रोजगारीमा गएकालाई २ महिनाभित्र आइपिओमा कोटा उपलब्ध गराउने
काठमाडाैं । वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई दुई महिनाभित्र आइपीओमा छुट्टै कोटा उपलब्ध गराउने धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले बताएका छन् । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्क पूँजीबजार सम्मेलन कार्यक्रममा अध्यक्ष हमालले सो बताएका हुन् ।
उनले घट्दो विदेशी मुद्रा सञ्चित बढाउन र रेमिटन्स बढाउन आइपीओमा श्रमीकहरुलाई कोटा छुट्याउने र रेमिट्यान्सलाई बैंकिङ् च्यानलबाट भित्र्याउन प्रोत्साहन गर्ने उनले उल्लेख गरे । त्यसका लागि टास्क फोर्सले पनि प्रतिवेदन बुझाएर अर्थमत्रालयसँग पनि छलफले अबको २ महिनाभित्रमा कार्यान्वयन गर्ने विश्वास दिलाए ।
त्यस्तै उनले एनआरएनलाई दोस्रो बजारमा लगानी गर्ने वातावरण बनाउने पनि बताएका छन् । एनआरएनहरुलाई पनि दोस्रो बजारमा लगानी गार्न प्रोत्साहन गर्न गृहकार्य गरिरहेको उनले जानकारी दिए । यो पनि आगामी ३ महिनाभित्र कार्यन्वयन गर्ने गर्ने टार्गेट रहेको उनको भनाइ छ।
उनका अनुसार यो कार्ययले विदेशमा रहेका नेपालीहरूको लगानी आकर्षित हुने छ । साथै उनले बजार परिपक्कताको लागि प्लाफर्म जरूरी रहेको पनि औल्याए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया