वैदेशिक रोजगारीमा गएकालाई २ महिनाभित्र आइपिओमा कोटा उपलब्ध गराउने
काठमाडाैं । वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई दुई महिनाभित्र आइपीओमा छुट्टै कोटा उपलब्ध गराउने धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले बताएका छन् । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्क पूँजीबजार सम्मेलन कार्यक्रममा अध्यक्ष हमालले सो बताएका हुन् ।
उनले घट्दो विदेशी मुद्रा सञ्चित बढाउन र रेमिटन्स बढाउन आइपीओमा श्रमीकहरुलाई कोटा छुट्याउने र रेमिट्यान्सलाई बैंकिङ् च्यानलबाट भित्र्याउन प्रोत्साहन गर्ने उनले उल्लेख गरे । त्यसका लागि टास्क फोर्सले पनि प्रतिवेदन बुझाएर अर्थमत्रालयसँग पनि छलफले अबको २ महिनाभित्रमा कार्यान्वयन गर्ने विश्वास दिलाए ।
त्यस्तै उनले एनआरएनलाई दोस्रो बजारमा लगानी गर्ने वातावरण बनाउने पनि बताएका छन् । एनआरएनहरुलाई पनि दोस्रो बजारमा लगानी गार्न प्रोत्साहन गर्न गृहकार्य गरिरहेको उनले जानकारी दिए । यो पनि आगामी ३ महिनाभित्र कार्यन्वयन गर्ने गर्ने टार्गेट रहेको उनको भनाइ छ।
उनका अनुसार यो कार्ययले विदेशमा रहेका नेपालीहरूको लगानी आकर्षित हुने छ । साथै उनले बजार परिपक्कताको लागि प्लाफर्म जरूरी रहेको पनि औल्याए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया