निर्वाचनलाई लक्षित गरी मादकपदार्थ सेवन, बिक्री वितरण पूर्ण रुपमा बन्द

रुकुम । रुकुम (पूर्व) मा यहीँ वैशाख २५ गतेबाट मादकपदार्थ सेवन र बिक्री वितरणमा रोक लगाइने भएको छ । स्थानीय तहको चुनावलाई लक्ष गरेर जिल्लाभरी नै २५ गतेदेखि मत परिणाम घोषणा नहुँदासम्म पूर्णरुपमा मादकपदार्थ सेवन एवं बिक्री वितरणमा रोक लगाउने निर्णय आज जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले गरेको हो ।
बैठकले मतदानका दिन सबै मतदानस्थलमा तोकिएको क्षेत्र भित्र मोबाइल प्रयोग नगर्न र साथमा लिइ नआउन अनुरोध गर्नाका साथै अत्यावश्यक वस्तु एवं सेवाको आपूर्ति व्यवस्था सहज बनाइराख्न पनि भनेकोे छ ।
स्वास्थ्य, खानेपानी, टेलिफोन, विद्युत्, अस्पतालबाट दिइने अत्यावश्यक सेवाहरु निरन्तररुपमा उपलब्ध हुने व्यवस्था मिलाउन र कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गरी निर्वाचन गतिविधि सञ्चालन गरउने निर्णय गरिएको छ ।
वैशाख ३० गते मतदानका दिन अनुमति प्राप्त गरेका सवारीसाधनबाहेक आम सवारीसाधन बिहान ६ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म सञ्चालन नगर्ने निर्णय पनि सर्वपक्षीय बैठकले गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा जिल्लास्थित सुरक्षा निकाय एवं विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, यातायात, होटेल व्यवसायी संघ, उद्योग वाणिज्य संघ, विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, पत्रकारको उपस्थिति थियो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया