फिल्म केजिएफका अभिनेताको निधन
काठमाडौं । अभिनेता तथा हास्यकलाकार मोहन जुनेजाको ५४ वर्षको उमेरमा शनिबार निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । शनिबार बेंगलुरुको अस्पतालमा उनको निधन भएको हो ।
शंकर नागको वाल पोस्टरबाट फिल्म डेब्यू गरेका उनले आफ्नो क्यारिअरमा तमिल, तेलुगु र मलायालम उद्योगहरुमा १०० भन्दा बढी चलचित्रहरुमा अभिनय गरेका छन् ।
उनीे फिल्ममा खलनायकको साथै हास्य भूमिकाहरुमा पनि परिचित थिए । उनको सबैभन्दा सम्झिनलायक फिल्ममध्ये एक चेल्लाता हो ।
उनले दर्शन, उपेन्द्र, पुनीत राजकुमार, अम्बरीश, शिवराजकुमार लगायतका धेरै चर्चित स्टारहरूसँग काम गरेका थिए । उनी हालै ब्लकबस्टर केजिएफका दुवै च्याप्टरमा देखिएका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया