आफ्नै कीर्तिमान तोड्दै कामी रीता शेर्पाद्वारा २६ औंपटक सगरमाथाको सफल आरोहण
काठमाडौं । कीर्तिमानी हिमाल आरोही कामी रीता शेर्पाले आफ्नै कीर्तिमान भत्काएर २६ औं पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । शेर्पाले शनिबार साँझ सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा २६ औं पटक पाइला टेकेका हुन् ।
११ सदस्यीय टोलीको नेतृत्व गरेर सगरमाथा चढेका शेर्पा शनिबार साँझ ६ः५५ बजे ८८४८.८६ मिटर उचाइमा पुगेको सेभेन समिटले जनाएको छ ।
कामी रीतासँगै अन्य १० जनाले पनि सगरमाथाको सफल आरोहण गरेका छन् । सफलतापूर्वक सगरमाथाको आरोहण गर्नेमा सोना शेर्पा, निग्मा तासी शेर्पा, फुर्वा छिरिङ शेर्पा, तेन्जिङ ग्याजेन शेर्पा, लाक्पा तेन्जी शेर्पा, फुर्वा कुसाङ शेर्पा, मिङमा शेर्पा, पास्तेन्जी शेर्पा, तारेमान तामाङ र फुर्वा छोतार छन् ।
दोलखाका लाक्पा तेन्जी शेर्पाबाहेक बाँकी सबै सोलुखुम्बुका हुन् ।
कीर्तिमानी आरोही शेर्पा सन् २०१८ मा आप्पा शेर्पाको २१ औंपटक सगरमाथा चढेको कीर्तिमान भत्काउन सफल भएका थिए । त्यसयता उनले आफ्नै कीर्तिमान भत्काउँदै आएका छन् ।
स्वास्थ्यले साथ दिएको खण्डमा सगरमाथाको आरोहण जारी राख्ने शेपाको भनाइ छ ।
सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मिएका शेर्पाले सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । सबैभन्दा धेरैपटक सगरमाथा चढेको कीर्तिमान बनाउन सफल शेर्पाकै नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको अर्को कीर्तिमान पनि छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया