बजाजले ५ मोडलको मूल्य बढायाे, यस्ताे छ नयाँ मूल्य

काठमाडौं । बजाजले आफ्ना ५ मोडलको मूल्य आज आइतबारबाट वृद्धि गरेको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले पाँच मोडलको मूल्य बढाएको हो ।
नयाँ मूल्यसूचीका अनुसार बजाजको मोटरसाइकलको मूल्य ३ हजार रुपैयाँदेखि १० हजारसम्मले वृद्धि भएको हो । नयाँ मूल्यसूची अनुसार प्लाटीना, डिस्कभर डिस्क, पल्सर १५०, १५० टीडी र डोमिनार ४०० को मूल्य बढाइएको छ ।
कम्पनीले प्लाटीना इएसको मूल्य ३ हजार रुपैयाँले बढाएर १ लाख ९२ हजार ९०० रुपैयाँ बनाएको छ । त्यस्तै, डिस्कभर १२५ डिस्कको मूल्य ५ हजार रुपैयाँले बढेर २ लाख २१ हजार ९०० रुपैयाँ, पल्सर १५० र पल्सर १५० टीडी दुैबैको मूल्य ३र३ हजार रुपैयाँले बढेर २ लाख ७९ हजार ९०० रुपैयाँ र २ लाख ९५ हजार ९०० रुपैयाँ पुगेको छ ।
त्यस्तै बजाजको सबैभन्दा धेरै मूल्यको मोटरसाइकल डोमिनार ४०० को मूल्य १० हजार रुपैयाँले वृद्धि भएर ६ लाख ८ हजार ९०० रुपैयाँ कामय भएको छ ।
यी बाहेक अन्य मोटरसाइलको मूल्य यथावत रहको मूल्यसूचीमा उल्लेख गरिएको छ ।
ताजा अपडेट
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
-
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा
प्रतिक्रिया