सरकारले भन्यो : निर्वाचनको दिन मतदान केन्द्रमा खोप लगाइँदैन
काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनका दिन मतदान केन्द्रमा खोप अभियान सञ्चालन नहुने जनाएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो ।
निर्वाचन सम्पन्न गर्न मतदान स्थलमा स्वास्थ्यकर्मीको परिचालन तथा स्थानीय स्वास्थ्यकर्मीले पनि मताधिकार प्रयोग गनुपर्ने भएकाले उक्त दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन गर्न कठिनाइ भएको मन्त्रालयले जनाएको छ ।
साथै, मन्त्रालयले निर्वाचनअघि र पछि खोप केन्द्रमा नियमित खोप अभियान सञ्चालन हुने सुसूचित गर्दै सबै नागरिकलाई छिटो कोभिड–१९ विरुद्धको खोप लगाउनसमेत विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया