NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

गठबन्धनलाई जिताउन अपिल गर्ने पत्रकारका संस्थालाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । चुनावी आचारसंहिता विपरीत सत्ता गठबन्धनलाई भोट हाल्न भन्दै संयुक्त विज्ञप्तिका निकाल्ने पत्रकारका संगठनसँग निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

आयोगले विज्ञप्ति जारी गरी आइतबार निर्वाचन आचारसंहितमा पत्रकारले कसैको पक्ष वा विपक्षमा विज्ञप्ति जारी गरेकाेप्रति आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

विज्ञप्ति हटाएर २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन आयोगले ती दलका संगठनलाई निर्देशन दिएको हो ।

शनिबार कांग्रे निकटको नेपाल प्रेस युनियन, माओवादीनिकट प्रेस सेन्टर, नेकपा एसनिकट समाजवादी प्रेस संगठनले विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनलाई जिताउन संयुक्त रुपमा अपिल गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष