थप १७ जनामा कोरोना पुष्टि, २०१ जना सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको अनुसार दुई हजार ९०५ जनाको पिसीआर परीक्षणमा १७ जना र एक हजार १०५ जनाको एन्टीजेन परीक्षणमा शुन्य गरी जम्मा १७ जनामा कारोना पुष्टि भएको हो ।
२४ घण्टामा काेरोनाबाट निको हुनेको संख्या २१ पुगेको छ भने कसैको पनि मृत्यु भएको छैन । त्यस्तै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । यससँगै सङ्क्रमण मुक्त हुनेको सख्या नौ लाख ६६ हजार ७८९ पुगेको छ ।
निको हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन् । जसमा दुई सय होम आइसोलेसनमा र एक जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै आइसियूमा एक जना सङ्क्रमित रहेका छन् ।
कोरोनाको खोप लगाउनेको संख्या २४ घण्टामा २२ हजार १०६ पुगेकाे छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया