निर्वाचनका दिन आन्तरिक उडान बन्द हुने
काठमाडौं । वायुसेवा सञ्चालक सङ्घले स्थानीय तह निर्वाचनका दिन सबै प्रकारको यातायात बन्द हुने भएकाले वायुसेवाको नियमित आन्तरिक उडान पनि बन्द हुने जनाएको छ ।
सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले आज जारी गरेको सूचनामा सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ बमोजिम मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडानबाहेक स्थानीय तह निर्वाचनमा आन्तारिक उडान बन्द रहने उल्लेख छ ।
“मिति २०७९ वैशाख ३० गतेका दिन यस सङ्घमा आबद्ध सबै सदस्य वायुसेवाको नियमित आन्तरिक उडान बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”, सूचना भनिएको छ, “यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधाप्रति यो सङ्घ क्षमायाचना गर्दछ ।”
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया