युद्धग्रस्त युक्रेनमा बाइडन पत्नी जिल
काठमाडौं (एजेन्सी) । अमेरिकी राष्ट्रपति जो बाइडनकी पत्नी जिल युक्रेन पुगेकी छन् । रुसले युक्रेनमाथिको आक्रमण गरिरहेका बेला जिल युक्रेन पुगेकी हुन् ।
युक्रेन पुगेकी जिलले त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको पत्नी ओलेना जेलेन्स्कासँग भेट गरेकी छन् । युक्रेनको सीमावर्ती शहर उज्होरेडस्थित विस्थापितको आश्रयस्थलका रूपमा प्रयोग गरिएको विद्यालयमा दुईबीच भेट भएको हो ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि जेलेन्स्का पहिलोपटक सार्वजकि कार्यक्रममा देखिएकी हुन् ।
उनीहरूले आश्रयस्थलमा राखिएका बालबालिकासँग केहीबेर खेलेको बिबिसीले लेखेको छ । बाइडन पत्नी जिलले अमेरिकाका जनता युक्रेनको पक्षमा उभिएको देखाउन चाहेको बताइन् ।
उनले जारी युद्ध क्रूर रहेको उल्लेख गर्दै त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिइन् । युद्धग्रस्त युक्रेनको भ्रमण गर्ने कार्य साहसिक भन्दै जेलेन्स्काले जिलको प्रशंसा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया