युद्धग्रस्त युक्रेनमा बाइडन पत्नी जिल
काठमाडौं (एजेन्सी) । अमेरिकी राष्ट्रपति जो बाइडनकी पत्नी जिल युक्रेन पुगेकी छन् । रुसले युक्रेनमाथिको आक्रमण गरिरहेका बेला जिल युक्रेन पुगेकी हुन् ।
युक्रेन पुगेकी जिलले त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको पत्नी ओलेना जेलेन्स्कासँग भेट गरेकी छन् । युक्रेनको सीमावर्ती शहर उज्होरेडस्थित विस्थापितको आश्रयस्थलका रूपमा प्रयोग गरिएको विद्यालयमा दुईबीच भेट भएको हो ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि जेलेन्स्का पहिलोपटक सार्वजकि कार्यक्रममा देखिएकी हुन् ।
उनीहरूले आश्रयस्थलमा राखिएका बालबालिकासँग केहीबेर खेलेको बिबिसीले लेखेको छ । बाइडन पत्नी जिलले अमेरिकाका जनता युक्रेनको पक्षमा उभिएको देखाउन चाहेको बताइन् ।
उनले जारी युद्ध क्रूर रहेको उल्लेख गर्दै त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिइन् । युद्धग्रस्त युक्रेनको भ्रमण गर्ने कार्य साहसिक भन्दै जेलेन्स्काले जिलको प्रशंसा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया