युक्रेनको एक विद्यालयमा बम विस्फोट, ६० जना मारिए
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी युक्रेनको एक विद्यालयमा रुसी आक्रमणमा परी कम्तीमा ६० जनाको मृत्यु भएको बताएका छन् ।
यसअघि लुहान्स्क क्षेत्रका गभर्नर सेर्ही हैदाइले बिलोहोरिभकाको एउटा भवनमा ९० जनाले शरण लिएकामध्ये ३० जनालाई मात्र विस्फोटपछि जीवितै निकालिएको बताएका थिए । उनका अनुसार रुसी विमानले शनिबार भवनमा बम खसालेको थियो तर रूसले यसबारे कुनै टिप्पणी गरेको छैन ।
लुहान्स्क भीषण युद्धको लागि तयार छ, त्यहाँ रुसी सैनिक र पृथकतावादी लडाकुले युक्रेनी सेनासँग लडिरहेका छन् । यसका धेरै क्षेत्रहरू विगत आठ वर्षदेखि रुसी समर्थित चरमपन्थीहरूको नियन्त्रणमा छन् ।
बिलोहोरिभ्का सरकार नियन्त्रित सहर सेभेरोडनेस्कको नजिक छ, शनिबार यसको बाहिरी क्षेत्रमा पनि भारी विस्फोट भएको थियो ।
उनले भने, ‘यो विद्यालयकाे भवनमा पुरै गाउँलेले आश्रय लिएका थिए । भग्नावशेष पूरै सफा गरेपछि मात्रै मृत्युको यकिन तथ्यांक थाहा हुनेछ ।’ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणबाट आफू स्तब्ध भएको बताएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया