NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

वरिष्ठ पत्रकार विजयकुमार भन्छन् : काठमाडौंको मेयरमा सिर्जना सिंहको अवस्था मजबुत

काठमाडौंस्थानीय तहको निर्वाचन आउन अब तीन दिनमात्र बाँकी छ । प्रचारको अन्तिम प्रयासमा दलहरू भिडिरहेका छन् । नेताका भाषण पनि आफूलाई अब्बल देखाउने र अरुलाई खुइल्याउनेमा केन्द्रित देखिन्छ ।

दलहरूबीच स्वभावैले पक्ष र विपक्षमा बहस भइरहँदा पत्रकारहरूले पनि चुनावी परिणामलाई लिएर आफ्नो धारणा सार्वजनिक गर्न लागेका छन् । यसैबीच वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले काठमाडौंको मेयरमा गठबन्धनमा कांग्रेस तर्फबाट मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहको पक्षमा माहोल बनेको लेखेका छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै पाण्डेले सामाजिक संला र मतपेटिकाबीच ठूलै खाडल हुनसक्छ भन्दै काठमाडौंको हकमा कांग्रेसकी सिंहले केही दिनमा आफ्नो स्थितिलाई निर्णायक रुपमा मजबुत बनाएको लेखेका हुन् ।

सिंहको चुनावी प्रचारका क्रममा मतदाताले विजयी भवको आशिर्वाद लिएको फोटो सेयर गर्दै पाण्डेले यस्तो लेखेका हुन् ।
‘चुनावको फैसला अब मिडिया र संजालमा होइन मतपेटीकामा पुगेको छ।नेपालमा मिडिया (वा सोसल मिडिया) र मतपेटीकाबीच ठूलै खांडल हुनसक्छ। पछिल्ला केही दिनमा @Srijana_Singh ले आफ्नो स्थितिमा निर्णायकरुपमा मजबुत बनाएको देखिन्छ। तस्वीरमा एक महिला, सृजना सिंहलाई आशिर्वाद दिदै ‘(विजयी भव !’ उनले लेखेका छन् ।

सिर्जनाका प्रतिस्पर्धीमा एमालेबाट केशव स्थापित, विवेकशील साझाबाट समीक्षा बाँस्कोटा र स्वतन्त्रबाट बालेन शाह मुख्य छन् ।

पाण्डेले यस अघि भरतपुरमा कांग्रेसबाट मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलको बारेमा आत्माको आवाज अनुशानसभन्दा माथि हुने टिप्पणी गरेका थिए ।
काठमाडौंको मेयरमा उठेका बालेन शाहबारे सामाजिक संजालमा बढी टिप्पणी भए पनि बढ्दो चर्चाले रोचकता थपिएको लेखेका थिए ।