स्थानीयवासीले चितुवा मारे
वालिङ । स्याङ्जाको हरिनास गाउँपालिका–६ क्याक्मी कोटथोक गाउँमा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयवासीले मारेका छन् ।
सोमबार बिहान बस्तीमा चितुवा छिरेसँगै स्थानीयवासीले धपाउन खोज्दा एक्कासि मान्छेमाथि आक्रमण गरेको स्थानीयवासी रेशम गोतामेले बताए । घर नजिकै पातीको झ्याङमा लुकेको चितुवालाई धपाउन खोज्दा स्थानीयवासी दुर्गाबहादुर गोतामेलाई आक्रमण गरेको उनले बताए ।
मान्छेमाथि चितुवाले आक्रमण गरेपछि स्थानीयवासीले काठको दाउराले टाउकामा हानेर चितुवा मारेका हुन। चितुवाको आक्रमणबाट हरिनास–६ कोटथोक बस्ने ४३ वर्षीय दुर्गाबहादुर गोतामे घाइते भएका छन् । आफ्नो ज्यानको सुरक्षा गर्नेक्रममा गोतामेको कान, टाउको र हातमा चोट लागेको छ ।
उनलाई स्थानीय स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि भीमाद लगिएको छ । मान्छेलाई आक्रमण गर्ने चितुवा मरेपछि प्रहरी र इलाका वन कार्यालय बिरुवाका वन अधिकृत हरिबहादुर थापा घटनास्थलमा पुगेर कागजी प्रक्रिया पूरा गरी चितुवालाई डिभिजन वन कार्यालय स्याङ्जा ल्याउने तयारी गरिएको छ ।
वन अधिकृत थापाका अनुसार पोथी जातको चितुवा १।६ मिटर लम्बाइ, ५२ सेमी उचाइ र १५ किलो तौलको रहेको छ ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया