बैतडीमा कुटपिटको आरोपमा गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ
बैतडी । कुटपिटको आरोपमा डिलाशैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डिलाशैनी–५ विनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि राना र माओवादी केन्द्रका कार्यकर्ताले कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै रानाले कुटपीट गरेको आरोप लागेको छ । कुटपिटबाट जोशीको घुँडामा चोट लागेको र उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
कुटपिटमा संलग्न अध्यक्षका उम्मेदवार राना र घाइते पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया