श्रीलंकाका प्रधानमन्त्री राजपाक्षेले राजीनामा दिए
कोलम्बो । श्रीलंकामा सरकारविरुद्ध चर्को विरोध भइरहेका बेला प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएका छन् । रिपोर्टका अनुसार उनले राष्ट्रपति गोताबाया राजपाक्षेलाई राजीनामा पठाएका छन् ।
देशमा अभूतपूर्व आर्थिक संकटको विरोधमा प्रदर्शन गरिरहेका मानिसहरूले राष्ट्रपति गोटाबाया राजपाक्षे र उनको मन्त्रीमण्डललाई राजीनामा दिन दबाब दिइरहेका छन् ।
गोटाबाया राजपाक्षेको नेतृत्वमा शुक्रबार बसेकाे विशेष बैठकले प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरेको र उनले स्वीकारेको स्थानीय मिडियाले जनाएका छन् । श्रीलंकाले देशमा आर्थिक संकट सुरु भए यता मे ६ देखि दोस्रोपटक देशमा संकटकाल लागू गरेको छ ।
श्रीलंकाको मन्त्रिपरिषद्ले देशको बिग्रँदै गएको आर्थिक अवस्थालाई सम्हाल्न नसक्दा प्रधानमन्त्री राजपाक्षेले राजीनामा दिएको जानकारी दिएको छ । उनको राजीनामासँगै मन्त्रिपरिषद् पनि विघटन भएको छ ।
राजपाक्षेले आफ्नो राजीनामाले देशको वर्तमान आर्थिक संकट अन्त्य हुने हो भने आफू त्यसका लागि तयार रहेको बताएका थिए । श्रीलंकामा खाद्यान्न, पेट्रोल र औषधिको चरम अभाव छ । श्रीलंका स्वतन्त्र भए यताकै सबैभन्दा ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकासँग वैदेशिक मुद्राको अभाव छ । त्यसैले अत्यावश्यक वस्तु पनि आयात गर्न नसकेका कारण देशभर सरकार प्रमुखहरुको राजीनामा माग गर्दै आन्दोलन भइरहेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया