पोखरा महागरको मेयरमा बागी उठेका कांग्रेस नेताले गरे उम्मेदवारी फिर्ता

काठमाडौं । स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता विमलबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिएका छन् ।
पार्टीको नीतिप्रति असहमती जनाउँदै उम्मेदवारी दिएका कार्कीले आज उक विज्ञप्ति जारी गर्दै फिर्ता लिएको बताएका छन् ।
उम्मेदवारी फिर्ता लिएसँगै उनले सत्ता गठबन्धनबाट मेयर पदमा उठेका धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने बताएका छन् ।
उम्मेदवारी फिर्ता गर्नका लागि पार्टीले दिएको निर्देशन मान्दै आफ्नो उम्मेदवारी निस्क्रिय बनाएको उनको भनाइ छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया