पोखरा महागरको मेयरमा बागी उठेका कांग्रेस नेताले गरे उम्मेदवारी फिर्ता
काठमाडौं । स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता विमलबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिएका छन् ।
पार्टीको नीतिप्रति असहमती जनाउँदै उम्मेदवारी दिएका कार्कीले आज उक विज्ञप्ति जारी गर्दै फिर्ता लिएको बताएका छन् ।
उम्मेदवारी फिर्ता लिएसँगै उनले सत्ता गठबन्धनबाट मेयर पदमा उठेका धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने बताएका छन् ।
उम्मेदवारी फिर्ता गर्नका लागि पार्टीले दिएको निर्देशन मान्दै आफ्नो उम्मेदवारी निस्क्रिय बनाएको उनको भनाइ छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया