कोलकत्तासँग मुम्बई ५२ रनले पराजित
काठमाडौं । कोलकत्ता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई हराएको छ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बईलाई ५२ रनले पराजित गर्दै कोलकत्ता विजयी बनेको हो ।
कालेकत्ताले १ सय ६६ रनको लक्ष्य दिएकोमा १७ ओभर ३ बलमा अलआउट हुँदै मुम्बईले १ सय १३ रन मात्र बनाउन सफल भयो ।
मुम्बईका लागि इशान किशनले ५१ रनको अर्धशतकीय इनिङ खेले भने टिम डाभिडले १३, रामनदीप सिंहले १२ र केइरन पोलार्डले १५ रनको योगदान दिए ।
यो क्रममा कोलकत्ताका प्याट कमिन्सले ३ आन्द्रे रसेलले २ विकेट लिएका थिए ।
पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । कोलकत्ताका लागि नितिश राना र भेन्काटेस एयरले समान ४३ , ४३ रन बनाउँदा अजिन्का रहानेले २५ र रिन्कु सिंहले २३ रनको योगदान दिएका थिए । मुम्बईका जस्प्रित बुम्राहले ५ र कुमार कार्तिकेयाले क्रमशः ५ र २ विकेट लिए ।
योसँगै कोलकत्ता १२ खेलबाट १० अंक बनाउँदै सातौं स्थानमा छ भने मुम्बई ११ खेलबाट मात्रै ४ अंक जोड्न सफल भएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया