NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

भोट हाल्न जाने कर्मचारीले लिनुपर्ने भो बिदा

चुनावपछि भने लगातार तीन दिन छुट्टी

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन, २०७९ को मतदान हुने दिन यही वैशाख ३० गते मात्रै सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्रिपरिषद्को यही वैशाख २५ गतेको बैठकले निर्वाचनका लागि एक दिन मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

विगतका कतिपय निर्वाचनमा कार्यस्थलबाट टाढा जानुपर्ने कर्मचारीलाई मध्यनजर गरेर दुई दिन बिदा दिने गरिएको थियो । चुनावका दिन सार्वजनिक सवारीसाधन नचल्ने भएकाले अघिल्लो दिन बिदा दिनु मनासिव हुन्थ्यो । तर यसपटक सरकारले एक दिन मात्र छुट्टी दिने निर्णय लिएकाले मतदान गर्न इच्छुक कर्मचारी बिदा लिएर जानुपर्ने भएको छ ।

त्यसो त निर्वाचनपछि भने लगातार तीन दिन सार्वजनिक बिदा परेको छ । शनिबार र आइतबार बिदा दिने सरकारको निर्णयअनुसार वैशाख ३१ र जेठ १ तथा बुद्ध जयन्तीका कारण जेठ २ गते छुट्टी हुनेछ ।