१५ निर्जीवन बीमा कम्पनीलाई मर्जरमा जान दबाब
काठमाडौं । २० वटा निर्जीवन बीमा कम्पनीमध्ये १५ वटा कम्पनीलाई मर्जरको दबाब रहेको छ । ओरियन्टल र नेसनल इन्स्योरेन्स विदेशी कम्पनीका शाखा कार्यालय हुन् । तसर्थ, यी कम्पनीहरूलाई समितिले असाइन क्यापिटल तोकेको छ ।
त्यस्तै, हिमालयन इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्सबीच मर्जरका लागि पहिलो चरणको सहमति भएको छ । कम्पनीहरूले बिमा समितिबाट पनि अनुमति पाइसकेका छन् । शिखर इन्स्योरेन्सले पनि तोकिएको पुँजी कायम गरिसकेको छ । बाँकी १५ कम्पनीहरूको पुँजी ज्यादै कम भएकाले मर्जरको विकल्प नरहेको देखिन्छ ।
निर्जीवन बीमा कम्पनीतर्फ राष्ट्रिय बिमा कम्पनी, जनरल इन्स्योरेन्स कम्पनी, अजोड, सानिमा इन्स्योरेन्सलाई मर्जरको प्रेसर छ । यी कम्पनीमध्ये राष्ट्रिय बिमा कम्पनीको सबैभन्दा कम २६ करोड ६६ लाख चुक्ता पुँजी रहेको छ ।
समितिले तोकेको पुँजी कायम गर्न दुई अर्ब २५ करोड रुपैयाँ थप गर्नुपर्नेछ । सानिमा, अजोड र जनरल इन्स्योरेन्स कम्पनीको भने एक–एक अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको छ । यी कम्पनीहरूले एक अर्ब ५० करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ ।
युनाइटेड इन्स्योरेन्सको एक अर्ब दुई करोड रुपैयाँ पुँजी कायम छ । प्रिमियर इन्स्योरेन्सको एक अर्ब सात करोड, नेको इन्स्योरेन्सको एक अर्ब ५२ करोड, सगरमाथाको एक अर्ब ११ करोड, आइएमई जनरल इन्स्योरेन्सको एक अर्ब १५ करोड, प्रभु जनरल कम्पनीको एक अर्ब १६ करोड, प्रुडेन्सियलको एक अर्ब १० करोड, लुम्बिनीको एक अर्ब १९ करोड, एनएलजीको एक अर्ब २० करोड, सिद्धार्थको एक अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया