स्वर्ण पदक विजेता भारत्तोलन खेलाडी सञ्जु मृत फेला
काठमाडौं । भारत्तोलनकी ऐतिहासिक स्वर्ण पदक विजेता खेलाडी सञ्जु चौधरी मृत फेला परेकी छन् ।
भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको ललितपुरको लुभुस्थित निवासमा सन्जु मंगलबार बिहान मृत भेटिएकी हुन् ।
सञ्जु झुण्डिएको अवस्थामा भेटिए पनि विस्तृत विवरण आउन बाँकी छ ।
नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले घटनाको प्रकृति हेर्दा आत्महत्याजस्तो देखिएको तर थप अनुसन्धानपछि मात्र यकिन गरेर भन्न सकिने बताए ।
चौधरी नेपालगञ्जकी हुन् । दक्षिण एसियाली खेलकुदको तयारीका लागि उनी केह िसमयदेखि काठमाडौंमा थिएन् ।
२०१९ मा नेपालमा सम्पन्न दक्षिण एसियाली खेलकुदको भारत्तोलन महिला ५९ केजी तौल समूहमा श्रीलंकाकी खेलाडीलाई हराउँदै उनले स्वर्ण जित्न जितेकी हासिल गरेकी थिइन् दक्षिण एसियाली खेलकुदमा भारत्तोलनमा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली महिला खेलाडी हुन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया