NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

काे हुन् बालेनकाे राजनीतिक गुरु ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले ललितपुर महानगरपालिका–१० का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार तथा आफ्ना राजनीतिक गुरु नरसिंह व्यञ्जनकारसँग आशीर्वाद लिएका छन् ।

सामाजिक सञ्जालमा तस्बिरहरू पोस्ट् गर्दै बालेनले व्यञ्जनकारलाई भेटेर आफूले आशीर्वाद लिएको बताएका छन् ।

बालेनले व्यञ्जनकार आफ्नो अभिभावकसँगै राजनीतिक गुरु भएको उल्लेख गरेका छन् । मेयरमा उम्मेदवार बन्ने तयारी गरेको पहिलो दिनदेखि नै व्यञ्जनकारबाट ज्ञान, हौसला र माया पाएको बालेनको भनाइ छ ।

‘सबै अनुभवका पोकाहरू उहाँले मलाई आफ्नै सन्तान सोचेर मेरोअगाडि खोल्नु भएको छ । उहाँले हरेक समय मलाई पथ प्रदर्शन गर्नु भएको छ । सिकाउनु भएको छ कि नागरिकभन्दा बलियो कोही छैन । नागरिकले गर्न नसक्ने केही छैन र जनप्रतिनिधिले जिम्मेवार हुनुपर्ने आफ्नो नागरिकबाहेक अन्त कही पनि हुनुहुन्न’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।

जति सुकै ठूला संगठन र समूह भए पनि नागरिकले चाहेमा स्वतन्त्र उम्मेदवारलाई जिताउन सक्ने र त्यस्ता व्यक्तिले जनहितमा काम गर्ने अब्बल उदाहरण व्यञ्जनकार भएको बालेनले उल्लेख गरेका छन् ।