काे हुन् बालेनकाे राजनीतिक गुरु ?
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले ललितपुर महानगरपालिका–१० का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार तथा आफ्ना राजनीतिक गुरु नरसिंह व्यञ्जनकारसँग आशीर्वाद लिएका छन् ।
सामाजिक सञ्जालमा तस्बिरहरू पोस्ट् गर्दै बालेनले व्यञ्जनकारलाई भेटेर आफूले आशीर्वाद लिएको बताएका छन् ।
बालेनले व्यञ्जनकार आफ्नो अभिभावकसँगै राजनीतिक गुरु भएको उल्लेख गरेका छन् । मेयरमा उम्मेदवार बन्ने तयारी गरेको पहिलो दिनदेखि नै व्यञ्जनकारबाट ज्ञान, हौसला र माया पाएको बालेनको भनाइ छ ।
‘सबै अनुभवका पोकाहरू उहाँले मलाई आफ्नै सन्तान सोचेर मेरोअगाडि खोल्नु भएको छ । उहाँले हरेक समय मलाई पथ प्रदर्शन गर्नु भएको छ । सिकाउनु भएको छ कि नागरिकभन्दा बलियो कोही छैन । नागरिकले गर्न नसक्ने केही छैन र जनप्रतिनिधिले जिम्मेवार हुनुपर्ने आफ्नो नागरिकबाहेक अन्त कही पनि हुनुहुन्न’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।
जति सुकै ठूला संगठन र समूह भए पनि नागरिकले चाहेमा स्वतन्त्र उम्मेदवारलाई जिताउन सक्ने र त्यस्ता व्यक्तिले जनहितमा काम गर्ने अब्बल उदाहरण व्यञ्जनकार भएको बालेनले उल्लेख गरेका छन् ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया