सुनको मूल्य ७०० रूपैयाँ घट्यो
काठमाडाैं । सोमबार सामान्य बढेको सुनको मूल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको मूल्य आज ७ सय रूपैयाँ घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार रूपैयाँमा कारोबार भइरहेको हो । सोमबार सुनको मूल्य ९८ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो । आइतबार छापावाल सुन प्रतितोला ९८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै सोमबार स्थिर चाँदी आज तोलामा १० रूपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी एक हजार २७५ रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी एक हजार २८५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया