सुनको मूल्य ७०० रूपैयाँ घट्यो
काठमाडाैं । सोमबार सामान्य बढेको सुनको मूल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको मूल्य आज ७ सय रूपैयाँ घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार रूपैयाँमा कारोबार भइरहेको हो । सोमबार सुनको मूल्य ९८ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो । आइतबार छापावाल सुन प्रतितोला ९८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै सोमबार स्थिर चाँदी आज तोलामा १० रूपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी एक हजार २७५ रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी एक हजार २८५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया