हिमालयन हाइड्रोपावरको साधारण सभा जे १८ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले १४औं वार्षिक साधारण सभा जेठ १८ गते गर्ने भएको छ । कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
उक्त साधारण सभा होटल पोखरा ग्राण्ड, विरौटा, पोखरामा दिनको १ बजे शुरु हुने कम्पनीले जनाएको छ ।
सभाको सामान्य प्रतिवेदन छलफल गरी अनुमोदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को वासलतसहितको लेखा परीक्षण प्रतिवेदन छलफल गरी अनुमोदन गर्ने रहेको छ । त्यस्तै२०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र सोको पारीश्रमिक निर्धारण गर्ने र कम्पनीको नियम २९ अनुसार स्वतन्त्र व्यवसायिक सञ्चालन गर्नेलगायतका प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीको विशेष प्रस्तावमा कम्पनीको नियमावली संशोधन गर्ने रहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया