हिमालयन हाइड्रोपावरको साधारण सभा जे १८ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले १४औं वार्षिक साधारण सभा जेठ १८ गते गर्ने भएको छ । कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
उक्त साधारण सभा होटल पोखरा ग्राण्ड, विरौटा, पोखरामा दिनको १ बजे शुरु हुने कम्पनीले जनाएको छ ।
सभाको सामान्य प्रतिवेदन छलफल गरी अनुमोदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को वासलतसहितको लेखा परीक्षण प्रतिवेदन छलफल गरी अनुमोदन गर्ने रहेको छ । त्यस्तै२०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र सोको पारीश्रमिक निर्धारण गर्ने र कम्पनीको नियम २९ अनुसार स्वतन्त्र व्यवसायिक सञ्चालन गर्नेलगायतका प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीको विशेष प्रस्तावमा कम्पनीको नियमावली संशोधन गर्ने रहेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया