अमेरिकामा कोरोना भाइरसबाट एक करोड ३० लाख बालबालिका संक्रमित
वाशिंटन । अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संघको पछिल्लो प्रतिवेदनअनुसार महामारीको सुरुवातदेखि अमेरिकामा १ करोड ३० लाखभन्दा बढी बालबालिकामा कोभिड-१९ को संक्रमण देखिएको छ ।
सोमबार अबेर प्रकाशित प्रतिवेदन अनुसार मे ५ सम्म सातामा ६२,००० भन्दा बढी बालबालिका सङ्क्रमित भएको पाइएको छ, जुन दुई हप्ता अघिको तुलनामा करिब ६९ प्रतिशतले बढी हो ।
विगत ४ हप्तामा झण्डै १८६,००० बालबालिका कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । सन् २०२२ मा करिब ५२ लाख बालबालिकामा सङ्क्रमण थपिएको प्रतिवेदनले देखाएको छ ।
नयाँ भेरियन्टहरूसँग सम्बन्धित रोगको गम्भीरताका साथै सम्भावित दीर्घकालीन प्रभावहरू मूल्यांकन गर्न थप उमेर(विशिष्ट डेटा संकलन गर्न आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।
बालबालिकाको स्वास्थ्यमा महामारीको तत्काल प्रभावहरू छन् भनेर पहिचान गर्नु महत्त्वपूर्ण र हामीले यस पुस्ताका बालबालिका र युवाहरूको शारीरिक, मानसिक र सामाजिक सुरक्षामा दीर्घकालीन प्रभावहरू पहिचान र सम्बोधन गर्न आवश्यक छ’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया