ओलीका खुट्टा ढोग्दै एमाले प्रवेश गरे पुण्य गौतम
काठमाडौं । युट्युब र सामाजिक सञ्जालमा ‘भाइरल’ भएका पुण्य गौतम माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित चुनावी सभामा उनलाई अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराएका हुन् ।
अध्यक्ष ओलीले गौतमलाई एमालेको झण्डा प्रदान गरेका थिए । यसलगत्तै गौतमले ओलीको खुट्टा ढोगेका थिए ।
एमाले प्रवेश गरेपछि सम्बोधन गर्दै गौतमले अहिलेको दुनियाँमा ओलीलाई राजनेताको संज्ञा दिँदै उनको स्थान भ्लादिमिर पुटिन र सि जिनपिङको जस्तै भएको बताए ।
२०४५ सालमा नेकपा मसालबाट राजनीति सुरु गरेका गौतम एकता केन्द्र हुँदै माओवादीमा लागेका थिए ।
जनयुद्धमा पनि सक्रिय रुपमा होमिएका उनी शान्ति प्रक्रियापछि लामो समय निष्क्रिय भए ।
एमाले र माओवादी केन्द्र एकतापछि उनी नेकपमा सक्रिय भए । तर, नेकपा फुट्दा गौतम एमालेमा लागेका थिए । एमाले पनि फुटेर नेता नेपालले नयाँ पार्टी खोल्दा उनी उतै लागे । तर, अहिले नेकपा एस कांग्रेसको पछि लागेकोमा असन्तुष्टि जनाउँदै आफू एमालेका प्रवेश गरेको उनले बताएका छन् ।
साथै, एमसिसी पारित गर्दा नेकपा एसले पक्षमा मतदान गरेकोप्रति पनि उनले असन्तुष्टि जनाउँदै आएका छन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया