उपचार खर्च तिर्न नसक्दा २० दिनदेखि बन्धक
विराटनगर । सुनसरीको वहारक्षेत्र नगरपालिका–९, बामन डाँडाका २५ वर्षीय प्रकाश विश्वकर्मा २० दिनदेखि विराटनगरस्थित विराट नर्सिङ होममा बन्धक छन् । पाँच लाख रूपैयाँ उपचार खर्च तिर्न नसक्दा उनलाई अस्पताल प्रशासनले घर जान नदिएको हो ।
कतिसम्म भने सोमबार हृदयघातका कारण मृत्यु भएका हजुरबुबाको अन्तिमपटक मुख हेर्ने उनको चाहना अस्पताल प्रशासनकै कारण पूरा हुन पाएन ।
नयाँ पत्रिका दैनिकका अनुसार, दुर्घटनामा घाइते प्रकाश विश्वकर्माले उपचार खर्चमध्ये साढे तीन लाख चन्दा उठाएर तिरिसकेका छन् । बाँकी पाँच लाख तिर्न नसक्दा अस्पतालले उनलाई बन्धक बनाएर राखेको छ ।
अस्पतालका लेखा प्रमुख सुवास पोखरेल बाहिरबाट रेफर भएर आएका गम्भीर बिरामी विश्वकर्मालाई बचाएको बताउँछन् । पैसा जुटाउने काम परिवारको भएको र दायित्व पूरा नगरी बाहिर जान दिने चलन नरहेको उनले बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया