उपचार खर्च तिर्न नसक्दा २० दिनदेखि बन्धक

विराटनगर । सुनसरीको वहारक्षेत्र नगरपालिका–९, बामन डाँडाका २५ वर्षीय प्रकाश विश्वकर्मा २० दिनदेखि विराटनगरस्थित विराट नर्सिङ होममा बन्धक छन् । पाँच लाख रूपैयाँ उपचार खर्च तिर्न नसक्दा उनलाई अस्पताल प्रशासनले घर जान नदिएको हो ।
कतिसम्म भने सोमबार हृदयघातका कारण मृत्यु भएका हजुरबुबाको अन्तिमपटक मुख हेर्ने उनको चाहना अस्पताल प्रशासनकै कारण पूरा हुन पाएन ।
नयाँ पत्रिका दैनिकका अनुसार, दुर्घटनामा घाइते प्रकाश विश्वकर्माले उपचार खर्चमध्ये साढे तीन लाख चन्दा उठाएर तिरिसकेका छन् । बाँकी पाँच लाख तिर्न नसक्दा अस्पतालले उनलाई बन्धक बनाएर राखेको छ ।
अस्पतालका लेखा प्रमुख सुवास पोखरेल बाहिरबाट रेफर भएर आएका गम्भीर बिरामी विश्वकर्मालाई बचाएको बताउँछन् । पैसा जुटाउने काम परिवारको भएको र दायित्व पूरा नगरी बाहिर जान दिने चलन नरहेको उनले बताए ।
ताजा अपडेट
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
प्रतिक्रिया